अमरगढीको भ्रमणमै ४४ लाख बढी स्वाह, उपलब्धि शून्य !

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाले भ्रमणमै ४४ लाख बढी रकम सकेको छ।

गत आर्थिक वर्षमा नगरले ४४ लाख ९८ हजार ८८७ रुपैयाँ खर्च गरेको हो।

Amargadhi Education

नगरपालिकाले भ्रमण खर्च शीर्षकमा ४४ लाख ९८ हजार ८८७ खर्च गरेको पाइएको छ, जुन खर्चमा पारदर्शिता र विधिसम्मत प्रक्रिया पालना नगरेको भन्दै महालेखा कार्यालयले गम्भीर प्रश्न उठाएको छ।

अजयमेरु फाैजी केरा

महालेखाको २०७५ को “सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन” तथा भ्रमण खर्चसम्बन्धी २०६४ को नियमावलीको सन्दर्भ दिँदै, नगरपालिकाले तोकिएको ढाँचामा भ्रमण प्रतिवेदन नलिईकन भुक्तानी गरेको उल्लेख गरिएको छ।

महालेखाले केही भ्रमणहरू पालिकासँग असम्बन्धित अन्तरपालिका भ्रमण भन्दै खर्च गरिएको समेत देखाइएको छ। तर, उपलब्धि भने शून्य छ।

महालेखा प्रतिवेदनमा भनिएको छ, “स्पष्ट प्रयोजन र उद्देश्य वेगर अधिकांश ७ दिनको समयावधी राखी भ्रमण खर्च गरिएको अवस्थाले यो खर्च पालिकाको उच्च प्रयोजनमा उच्चतम उपयोग भएको भनी विश्वास गर्न सकिने अवस्था छैन।”

महालेखाले नगरपालिकालाई भविष्यमा भ्रमण खर्च गर्दा कानुनी प्रावधानअनुसार प्रयोजन स्पष्ट पार्ने, विधिसम्मत ढाँचामा प्रतिवेदन लिने, र पालिका प्रयोजनमै खर्च भएको सुनिश्चितता हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

यस अनियमितताप्रति स्थानीयबासी र सरोकारवालाहरूले चासो व्यक्त गरिरहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.