डडेल्धुरामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्ने निर्णय

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गरिने भएको छ।

स्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकले सार्वजनिक स्थानमा हुने खुला बिक्री नियन्त्रण गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

बैठकले विद्यालय र अस्पतालबाट १०० मिटर दूरीसम्म सुर्तीजन्य पदार्थ बिक्री निषेध गर्ने निर्णयसमेत गरेको छ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा ऐन २०६८ अनुसार नियमको कार्यान्वयन कडाइका साथ गर्ने तयारी भएको जनाइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अझै विद्यालय र अस्पताल नजिकै खुला रूपमा बिक्री भइरहेको छ। यस्ता पदार्थका कारण नेपालमा वार्षिक ३९ हजार मानिसको मृत्यु हुने तथ्यांक छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.