यी हुन् फागुन २४ गतेदेखि सुरु हुने डडेल्धुरा महोत्सवका आकर्षण

dream cafe
learnar

डडेल्धुराः सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति, खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैटौं डडेल्धुरा महोत्सव आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो।

‘डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार : कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारासहित फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

Ird

यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

उनले पश्चिम सेती जल विद्युत् परियोजनालगायत यस क्षेत्रका कृषि, पर्यटन, जडीबुटीलगायतका जैविक विविधतालाई उजागर गरी लगानी प्रर्वद्धन गर्ने, यहाँ कृषिबाट उत्पादित वस्तुहरूको प्रर्दशनी तथा बजारीकरणको व्यवस्था मिलाउने, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको प्राचिनता र महत्वको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न उद्देश्य पनि महोत्सवको रहेको बताए।

२०६५ सालमा पहिलोपटक महोत्सव गरेको उद्योग वाणिज्य संघले यस क्षेत्रको व्यवसाय, पर्यटनलाई टेवा पुर्‍याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको वरिष्ठ उपाध्यक्ष महताले बताए।

HARDIK AGRo NEw

उनका अनुसार महोत्सवका आकर्षणहरूमा स्थानीय लोपउन्मुख कला, संस्कृति भेषभूषा, खेलकुद एवं पुरातात्विक क्षेत्रको प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमसहित मनोरञ्जन, स्थानीय लघु, घरेलु,उद्योग एवं उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा बिक्री रहनेछ।

वरिष्ठ उपाध्यक्ष महताले भने, ‘महोत्सवमा रमाइलो मेला पनि हुनेछ। खुला पुरुष डेउडा प्रतियोगिता र महिला तथा पुरुष दोहोरी पनि आयोजना हुने छ। महोत्सवमा फोटो प्रदर्शनी पनि हुनेछ।’

महोत्सवमा सुदूरपश्चिमको रमणीय तथा प्रसिद्ध पर्यटकीय स्थलहरूको जानकारी दिइनेछ। महत्सवमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताकोसमेत आयोजना गरिने भएको छ। यसका साथै विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिने वरिष्ठ उपाध्यक्ष महताले जानकारी दिए। उनका अनुसार महोत्सवमा १५१ स्टल रहने छन्।

महोत्सवमा सर्वसाधारणका लागि एक सय, विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्रसहित टोलीमा आए १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ। महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ।

उद्योग वाणिज्य संघले महोत्सव सम्पन्न गर्न ८० लाख ५० हजार रुयैयाँ खर्च हने अनुमान गरेको छ। एक लाख ५० हजार मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिने आयोजकले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.