विद्यार्थीलाई उपभोक्ता हक अधिकार सम्बन्धी अभिमुखीकरण

dream cafe
learnar

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालय भातकाँडामा बिहीबार उपभोक्ता हक अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई उपभोक्ता अधिकारबारे जानकारी दिइएको हो।

Amargadhi Education

अजयमेरु फाैजी केरा

कार्यक्रममा कार्यालय प्रमुख केशबसिंह भण्डारीले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार, गुणस्तरहीन वस्तु वा सेवाबाट हुने क्षति, उपभोक्ता हकको व्यवस्था, व्यापारिक स्वच्छता, खाद्य वस्तुको मूल्य नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणमा राज्यको दायित्व र कर्तव्यबारे विस्तृत जानकारी गराए।

भण्डारीले उपभोक्तालाई प्राप्त हकको संरक्षणका लागि उपभोक्ता संरक्षण ऐन, वस्तु तथा सेवा आपूर्ति, मूल्य र बजार अनुगमन सम्बन्धी निर्देशिका लगायतका विषयमा पनि विद्यार्थीहरुलाई जानकारी गराएका थिए।

बालबालिकासमेत खाद्य वस्तुको खरिद–बिक्री प्रक्रियामा संलग्न हुने भएकाले विद्यार्थीस्तरमै सचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

कार्यक्रममार्फत विद्यार्थीमा उपभोक्ता हकबारे चेतना बढाउनुका साथै व्यवहारिक जीवनमा त्यसको प्रयोगबारे जागरूकता फैलाउने उद्देश्य राखिएको आयोजकको भनाइ छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.