बजेट र कार्यक्रममा समान व्यवहार गर्न सुदूरपश्चिमका समानुपातिक सांसदहरूको माग

dream cafe
learnar

धनगढी: सुदूरपश्चिम प्रदेशका समानुपातिक सांसदहरूले प्रत्यक्ष निर्वाचित सांसदसरह बजेट र कार्यक्रमको माग गर्दै मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएका छन्।

महिला सांसदहरूको समन्वय समितिले लैङ्गिक समानता र महिला सशक्तीकरणलाई बजेटको प्राथमिकता बनाउने प्रस्ताव राख्दै विगतझैँ विभेदपूर्ण बजेट नल्याउन आग्रह गरेको छ।

Amargadhi Education

समितिका संयोजक तथा एमाले उपनेता सन्तोष शर्मा थापाले ५३ सदस्यीय प्रदेशसभामा २१ जना समानुपातिक सांसद रहेको उल्लेख गर्दै सबै सांसदप्रति समान व्यवहार हुनुपर्ने बताइन्।

अजयमेरु फाैजी केरा

ज्ञापनपत्रमा महिला, दलित, अपाङ्गता भएका र विशेष अवस्थाका महिलालाई लक्षित छुट्टै कार्यक्रम र बजेटको माग गरिएको छ।

समानुपातिक सांसदहरूले स्वरोजगार, सीप विकास, उद्यमशीलता, मातृ स्वास्थ्य, किशोरी स्वास्थ्य, सुरक्षित महिनावारी, महिला सहायता केन्द्र, जलवायु परिवर्तन र विपद् न्यूनीकरणमा महिला सहभागिता लगायतका क्षेत्रमा बजेट सुनिश्चित गर्न माग गरे।

मुख्यमन्त्री शाहले लैङ्गिक सवालप्रति सरकार गम्भीर रहेको भन्दै बजेट निर्माणमा महिलाका आवाजलाई उचित स्थान दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा एमाले नेता थापासहित कांग्रेस सचेतक गीत चौधरी, तुलसी देवकोटा, जुना दानी, ललिता सुनार, लक्ष्मी विक र जानकी पौडेलको उपस्थिति थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.