कार्यसम्पादन मूल्याङ्कनमा अमरगढी : सुदूरपश्चिममा पहिलो, देशभरमा ११औं

dream cafe
learnar

डडेल्धुरा : कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये अमरगढी नगरपालिका पहिलो बनेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

देशभर भने अमरगढी ११ औं स्थानमा रहेको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८ दशमलव ९९ प्रतिशत अङ्क प्राप्त गरेको छ।

यस्तै डडेल्धुरा जिल्लामा भने गन्यापधुरा गाउँपालिका दोस्रो स्थानमा छ। उसले ४१.९१ अंक पाएको छ। यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाकाले ३४.६०. अजयमेरु गाउँपालिकाले २८.७४, भागेश्वर गाउँपालिकाले ३६.४८, परशुराम नगरपालिकाले ३८.२८, आलिताल गाउँपालिकाले २१.८३ प्रतिशत अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ।

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १६ सूचक तय गरिएको थियो ।

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे–नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे–नगरेको लगायतका सूचक राखिएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.