यू-१६ सुदूरपश्चिम छनौटः उपाधिका लागि डडेल्धुरा र कैलाली भिड्दै

dream cafe
learnar

धनगढी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट अन्तर्गत कैलालीले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

समूह ‘बी’ अन्तर्गत हिजो भएको अन्तिम खेलमा कैलालीले कञ्चनपुरलाई ४ विकेटले पराजित गर्दै अपराजित रहँदै उपाधि भिडन्तमा प्रवेश पक्का गरेको हो।

बोहरा मेडिको सेन्टर

कञ्चनपुरले दिएको १०५ रनको लक्ष्य कैलालीले निर्धारित २० ओभरमै ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

GBL NEW

अब कैलालीले उपाधिका लागि आज समूह ‘ए’ विजेता डडेल्धुरासँग भिड्नेछ। यी दुई टिम धनगढीको फाप्लामा उपाधिका लागि भिड्नेछन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सञ्चालनमा आएको यो छनोट प्रतियोगितामा नेपाल क्रिकेट संघमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाका टोलीहरूको सहभागिता रहेको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश टोलीमा समावेश गरिनेछ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ का लागि यही महिनाभित्रै राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.