
डडेल्धुरा : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा देशभरका सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अभियानको बारेमा जानकारी दिएका हुन्।

राईले लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेदवार बन्ने छन्।’



