डडेल्धुरा र डोटीका  कृषकलाई कृषि उपकरण मर्मत तालिम

dream cafe
learnar

डडेल्धुरा : कृषि यान्त्रिकरणको प्रयोग बढेसँगै बिग्रेका उपकरण मर्मत गर्न प्राविधिक अभाव भएपछि किसानलाई लक्षित गरी विशेष तालिम सञ्चालन गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, डडेल्धुरा कार्यालयले डोटी र डडेल्धुराका १५ जना किसानलाई ३ दिने कृषि उपकरण मर्मत तालिम प्रदान गरेको हो।

Amargadhi Education

परियोजनाका कार्यालय प्रमुख पिताम्बर बस्नेतका अनुसार पछिल्ला दिनमा कृषि यान्त्रिकरणको अवधारणाले किसानको श्रमलाई सहज बनाइरहेको अवस्थामा उपकरण मर्मत र उचित प्रयोगबारे तालिम अत्यन्तै आवश्यक भएको हो।

तालिममा सहभागी किसानलाई कृषि यन्त्रको मर्मतसँगै खेती प्रविधि र व्यावसायिक योजना निर्माणबारे समेत सिकाइएको छ।

अजयमेरु फाैजी केरा

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार यस्ता तालिमले कृषि पेशालाई व्यवसायिक बनाउने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

साथै, वैदेशिक रोजगारका लागि बाध्य युवालाई स्वदेशमै कृषि क्षेत्रमा आकर्षित गर्ने वातावरण पनि यस्ता तालिमले निर्माण गर्ने पनेरुको भनाइ छ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले कृषि पेसा परम्परागत बाट आधुनिक प्रविधितर्फ उन्मुख हुँदै गएको बताए।

उनले उत्पादन बढाई बजारिकरण गर्नुपर्ने आवश्यकता औंल्याए। हाल किसानहरू गोरु जोत्ने परम्परालाई क्रमशः त्याग्दै आधुनिक कृषि उपकरणप्रति आकर्षित भइरहेका छन्।

यद्यपि, काम सजिलो भए पनि प्राङ्गारिक मल र कम्पोष्ट मलको अभावले कृषि उत्पादनमा असर पार्न थालेको किसानहरूले गुनासो गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.