यू–१६ सुदूरपश्चिम छनोट : डडेल्धुरा समूह विजेता बन्दै फाइनलमा प्रवेश

dream cafe
learnar

बैतडी : बैतडीमा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोटअन्तर्गत शनिबार सम्पन्न खेलमा बझाङसँग ३३ रनले पराजित भए पनि डडेल्धुरा समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको खेलमा बझाङले २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाएर टोलीलाई सशक्त स्कोरमा पु-याए।

बोहरा मेडिको सेन्टर

उनले उत्कृष्ट प्रदर्शन गरेबापत प्लेयर अफ द म्याचको उपाधि पनि पाए। जवाफी ब्याटिङमा उत्रिएको डडेल्धुरा २० ओभरमा १४० रनमै समेटियो।

मान साउँदले सर्वाधिक २२ रन बनाए पनि हार टार्न सकेनन्। बझाङका हिमाल दौल्यालले प्रभावशाली बलिङ गर्दै ३ विकेट लिए।

GBL NEW

हारका बाबजुद पनि डडेल्धुराको नेट रनरेट बलियो रहँदा उसले समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा स्थान सुरक्षित गर्‍यो।

नेपाल क्रिकेट संघ र एसीसीको आयोजनामा भइरहेको यो छनोट प्रतियोगिता सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ र बैतडी जिल्ला क्रिकेट संघको संयुक्त व्यवस्थापनमा जेठ ८ गतेदेखि सुरु भएको हो।

प्रतियोगितामा सुदूरपश्चिमका आठ जिल्ला सहभागी छन्। समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी रहेका छन् भने समूह ‘बी’ मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन्।

दुबै समूहका विजेताबीच उपाधि भिडन्त जेठ १४ गते हुनेछ।

छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिए।

नेपाल क्रिकेट संघले एसीसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ का लागि यही महिनामा राष्ट्रिय छनोट प्रतियोगिता गर्दैछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.