‘हाइजम्प’मा चरा जस्तै उड्ने सागर

dream cafe
learnar

बझाङ : बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे।

‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनको चर्चाको शिखरमा पुगेका हो।

Bohora madico

खप्तडछान्ना गाउँपालिकास्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्पतर्फ स्वर्णपदक जित्नुभएको हो। पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारे।

अहिले उनलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन्।

एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ओएमजी खप्तड (खप्तडछान्ना गाउँपालिका) को उड्ने चरो रहेछ त। प्वाँख फिटिङ गरेको छ कि क्या हो।’

त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन्, ‘यो भाइ त चरो हो। चरोको जस्तै उड्छ। म त यिनको फ्यान भइसकेँ’, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइर रहेका छन्।

सागर खप्तड माविमा कक्षा ९ मा पढ्छन्। स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहेका उनी विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्छन्। उनी भन्छन्, ‘मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो। सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु।’

उनका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उनी एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्थे।

HARDIK AGRo NEw

‘यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ। मौका मिल्यो, मेरो अभ्यासले पनि काम ग¥यो,’ उनलेृ भने।

को हुन् सागर ?

चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँदिल्ली गए।

पछि आमासहित दाइ दिदीहरू गएपछि उहाँहरूको बाल्यकालको समय भारतमै बित्यो।

किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घ्माउँथे।

सागर जन्मपछि भने उनीहरूको बसाइ भारतमै भयो। घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उनीहरू दिल्लीमा बस्न थाले।

सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत गएका थिए।

भारतमा पनि उनीहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन। ‘भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे”, विपनाले भन्नुभयो ।

“मैले दुःखसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ’, उनले भने, ‘त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो। बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराए।’

विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिन्छन्। उनले भने, ‘भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ।’ पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उनी बताउँछन्। रासस

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.