लेखापाल भट्ट पक्राउ, किर्तेको आरोप

dream cafe
learnar

दार्चुला : महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Ird

महालेखापरीक्षक तोयम रायाले लेखापाल भट्टमाथि उक्त विषयमा अनुसन्धान गर्न महालेखापरीक्षकको कार्यालयअन्तर्गत सुदूरपश्चिम प्रदेश हेर्न शाखालाई निर्देशन दिएकोमा शाखाले नेपाल सरकार गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलामा पत्राचार गरेको शाखाका उपसचिव पशुपति काफ्लेले जानकारी दिए।

HARDIK AGRo NEw

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी छत्र रावतले जानकारी दिए।

लेखापाल भट्टले आर्थिक वर्ष २०८०/८१ को समपरीक्षणका लागि २०८१ मङ्सिरमा लेखा व्यवस्थापन प्रणालीबाट राजस्व दाखिला भौचर बनाएर  अपलोड गरी पैसा नबुझाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

लेखापाल भट्टले अपलोड गरेको रु दुई लाखको भौचरबाट कुनै पनि रकम जम्मा नभएको देखिएपछि अनुसन्धान गर्न उहाँलाई पक्राउ गरिएको बताइएको छ।

राजस्व रकम दाखिला नभएको बारे कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले दुहुँ गाउँपालिकालाई पत्रचार गरेपछि लेखापाल भट्टले पाँच महिनापछि गत चैत १९ गते मात्रै उक्त रकम (दुई लाख) दाखिला गरेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.