देउवासँग हारेपछि कोठा भाडा नतिरेको भन्दै विवादमा आएका सागर डडेल्धुरा आउँदै

dream cafe
learnar

डडेल्धुरा: अफ्रिकाको मेकेरेरे विश्वविद्यालयमा अध्यापनपछि अभियन्ता सागर ढकाल नेपाल फर्किएका छन्।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरी पोखरा हुँदै बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटिसकेपछि उनी डडेल्धुरा आउँने तयारीमा छन्।

Bohora madico

केही समयअघि अफ्रिकामा स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका ढकालले सामाजिक सञ्जालमार्फत त्यहाँको अनुभव बाँड्दै लेखेका थिए, “सानो कामको सिलसिलामा अफ्रिकाको उत्कृष्ट मेकेरेरे विश्वविद्यालयमा रहेका विद्यार्थीहरूलाई आफूले जानेको सिकाउँदै र नजानेको सिक्दै।”

नेपाल फर्किएलगत्तै पशुपतिनाथमा सबैको शान्ति र सुस्वास्थ्यको कामना गर्दै पूजा गरेका ढकालले लेखेका छन्, “रविन्द्रजीलाई भेटेको केही दिनमै न्याय भयो, आशा छ रविजीलाई पनि चाँडै न्याय हुनेछ। पशुपतिनाथले हामी सबैमाथि कृपा गरून्।”

निर्वाचनमा लोकपि्रय छबि बनाएका ढकाल प्रतिनिधि सभाको चुनावमा दोस्रो भएका थिए। तर, डडेल्धुरामा पहिले जस्तो माहोल उनको नभएको बताइन्छ।

HARDIK AGRo NEw

ढकाललाई अन्य नेताझै आश्वासन दिएर डडेल्धुरा नफर्किएको आरोप लाग्दै आएको छ। चुनावी अभियानका क्रममा दिएको आश्वासन समेत उनले पूरा नगरेको बताइन्छ।

चुनावी अभियानको क्रममा डडेल्धुरामा कोठा भाडामा लिएका उनी भाडा नतिरेर सम्पर्क विहीन भएपछि विवादमा आएका थिए। चर्काे विवादपछि उनले कोठा भाडा तिरेका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ढकालले डडेल्धुराबाट नेपाली काँग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका थिए।

उनले १३,०४२ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए भने देउवाले २५,५३४ मत ल्याएर विजयी भएका थिए।

हाल ढकाल ‘युवा विद्रोह’ अभियानलाई सशक्त रूपमा अघि बढाउने तयारीमा छन्।

यसअघि उनले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई ‘हजुरबुबा’ सम्बोधन गर्दै घरमै आराम गर्न सुझाएका थिए।

डडेल्धुरामा उनले स्थानीय युवा, नागरिक तथा सामाजिक अभियन्ताहरूसँग अन्तरक्रिया गर्दै अभियानलाई अघि बढाउने जनाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.