डडेल्धुराको आलितालमा घरमाथि रूख ढल्दा बुहारीको ज्यान गयो सासू घाइते

learnar

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधबार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा एकै परिवारमा ठूलो विपत्ति परेको छ।

घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै ज्यान गएको छ भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन्।

Ird
Ghatal Sta

स्थानीय राम कुँवरका अनुसार बिहान करिब ६ बजेतिरको समय थियो। “रविना घरको कोठामा थिइन्, त्यत्तिकैमा ठूलो आवाजसँगै रुख खस्यो। उनको तत्कालै ज्यान गयो,” उनले भने।

घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ।

मृतक रविना कामीका एक छोरा र एक छोरी छन्। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.