‘निर्मलाको पक्षमा कलम चलाउने पत्रकार भण्डारीलाई जेल’

dream cafe
learnar

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा न्यायको माग गर्दै आवाज उठाउने पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले गाली बेइज्जतीको आरोपमा एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

न्यायाधीश राजेन्द्रसिंह भण्डारीको एकल इजलासले बिहीबार पत्रकार भण्डारीलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।

बोहरा मेडिको सेन्टर

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको न्यायका पक्षमा लामो समयदेखि सक्रिय रहेका मानसखण्ड दैनिकका सम्पादक भण्डारीमाथि निर्मलाको मुद्दामा किरण विष्टको नामसम्बन्धी समाचार लेखिएको भन्दै उजुरी परेको थियो। उनी नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा हुन्।

GBL NEW

निर्मलाको न्यायको माग गर्दै सतत् रिपोर्टिङ गरेका पत्रकार भण्डारीले अदालतको फैसलाप्रति असहमति जनाउँदै उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्।

“निर्मलाको न्यायका लागि कलम चलाएको हुँ, नतिजा जेल पाएको छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तर मेरो आवाज थामिने छैन। निर्मलाको न्यायको लडाइँ म जीवनभर लड्नेछु।”

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.