अजयमेरु गाउँपालिका पारदर्शितामा उदाहरणीय, सुदूरपश्चिममा दोस्रो

dream cafe
learnar

डडेल्धुरा : सुशासन र वित्तीय पारदर्शितामा उदाहरणीय बन्दै डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशभरि दोस्रो कम बेरुजु भएका पालिकामा परेको छ।

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार अजयमेरुको बेरुजु ०.३१ प्रतिशत मात्र रहेको छ। यसले गाउँपालिकाको उत्तरदायित्व र पारदर्शितामूलक कार्यशैली झल्काउँछ।

Bohora madico
HARDIK AGRo NEw

प्रदेशभरका ८८ पालिकामध्ये अछामको पञ्चदेवल विनायक नगरपालिका ०.२७ प्रतिशत बेरुजुका साथ पहिलो स्थानमा रहेको छ।

प्रतिवेदनमा डडेल्धुराका अन्य स्थानीय तहहरूमा अमगरगढी १.२८, परशुराम ०.४७, आलिताल ०.६४, गन्यापधुरा १.०१, नवदुर्गा १.७९ र भागेश्वरमा ०.९२ प्रतिशत बेरुजु देखिएको छ।

देशभर ७५३ पालिकामध्ये काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजुमा सफल भएको उल्लेख छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.