प्रयोगविहीन प्रयोगशाला, काम विहीन कर्मचारी

dream cafe
learnar

डडेल्धुरा : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डडेल्धुराको प्रयोगशाला प्रयोगविहीन भएको छ।

गत असारमा स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रको प्रयोगशाला प्रयोगविहीन भएको हो।

Amargadhi Education

असारमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको ३० लाख रूपैयाँ बजेटमा यहाँ प्रयोगशाला स्थापना गरिएको थियो।

तर, त्यसपछि थप बजेट विनियोजन नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन्।  प्रयोगशालाको लागि भनेर एक जना ल्याब टेक्निसियन समेत आयुर्वेद स्वास्थ्य केन्द्रले राखेको छ।

अजयमेरु फाैजी केरा

प्रयोगशालामा भएका सामग्रीको व्यवस्थापन नहुँदा भएका सामग्री पनि बिग्रिने अवस्थामा पुगेका छन् भने ल्याब टेक्निसियन पनि काम विहीन छन्।

ल्याब चेकको  केमिकलका लागि आवश्यक बजेट नआउँदा प्रयोगशालामा ताल्चा ठोक्नु परेको कार्यालयले जनाएको छ।

पछिल्लो समय आयुर्वेद स्वास्थ केन्द्र तर्फ बिरामीको आकर्षण बढेपनि यहाँ ल्याब सञ्चालन नहुँदा बिरामीहरू निराश भएर फर्किने गरेका छन्।

ल्याब आरफटी, थाइराइड, सीवीसी, सुगरलगाएतको परिक्षण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको थियो।

यो आर्थिक वर्षमा ल्याबको लागि सबै जिल्लामा ५/५ लाख रूपैयाँ विनियोजन गर्ने कुरा भएको भएपनि इन्ट्रि गर्ने समयमा डडेल्धुरा छुट्दा ल्याब सञ्चालनमा ल्याउन समस्या भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डडेल्धुराका प्रमुख निशान्त शर्माले  जानकारी दिए।

उनले आफूले बजेट माग गरेको र पुससम्म आउने जानकारी पाएको बताए।

‘हाम्रो स्वस्थ जीवन भन्ने कार्यक्रम छ। निर्देशिकामा त्योबाट केही खर्च गर्न पाउने भन्ने राखेको छ। त्यो अब तुरुन्तै सञ्चालन गर्नुपर्ने हो,’ उनले भने, ‘असारमा प्रयोगशाला स्थापना भएको थियो। सोही अनुसार  कर्मचारी पनि भर्ना गरेका हाैं।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.