‘खान पुगोस् दिन पुगोस’ अभियानद्वारा डडेल्धुरामा विद्यार्थीलाई पोसाक वितरण

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ।

समाजसेवी तथा युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको ‘खान पुगोस् दिन पुगोस’ अभियान अन्तर्गत पहाडी जिल्लामा सुरु गरेको ‘विद्यार्थीसंग हामी’ कार्यक्रमले विद्यालयमा रहेका १८ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो।

Amargadhi Education

खान पुगोस् दिन पुगोस् अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका पडाडी जिल्लामा गरिव, विपन्न, दलित बर्गलाई लक्षित गरि ‘विद्यार्थीसंग हामी’ कार्यक्रमको सुरुवात गरिएको खान पुगोस् दिन पुगोस् अभियानका संयोजक घनश्याम भट्टले बताएका छन्।

सोही कार्यक्रम अन्तर्गत आइतबार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा रहेको दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत १८ बालबालिकालाई ड्रेस,बेल्ट टाई वितरण गरिएको संयोजक भट्ट बताएका छन्।

अजयमेरु फाैजी केरा

सकारात्मक सोच भएका युवाहरुको पहलमा आर्थिक संकलन गरि पहाडी जिल्लामा ‘विद्यार्थीसंग हामी’ कार्यक्रम थालिएको र दुरदराजमा रहेका विद्यालयमा पुगेर गरिव विपन्न विद्यार्थीलाई सहयोग गरिने संयोजक भट्टले जानकारी दिएका छन्।

विद्यालयका प्रधानाध्यापक खडकबहादुर बिष्टले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताएका छन्।

स्वस्फूर्त रुपमा युवाले आर्थिक संकलनबाट आफ्नो विद्यालयमै आएर बालबालिकाले पोशाक सहयोग पाउँदा निकै खुसी लागेको प्रधानाध्यापक बिष्टले बताए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका थिए।

पोसाक वितरण कार्यक्रममा समाजसेवी इश्वरी बिष्ट, साबु राना, हेमन्त मल्ल लगायत सुरक्षाकर्मी, जनप्रतिनिधि, अभिभावकहरुको सहभागीता रहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.