पाकिस्तानी दुई लडाकु विमान खसालेको भारतको दाबी, सीमावर्ती सहरहरूमा ‘ब्ल्याकआउट’

dream cafe
learnar

डडेल्धुरा :भारत र पाकिस्तानबीचको सीमा क्षेत्र पुनः तनावग्रस्त बनेको छ।

बिहीबार साँझ पाकिस्तानतर्फबाट भारतका विभिन्न सीमावर्ती क्षेत्रहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमणको प्रयास गरिएको भारतीय सुरक्षा स्रोतहरूले बताएका छन्।

Ird

स्रोतका अनुसार, जम्मु–कश्मीर, पञ्जाब र राजस्थान क्षेत्रमा आक्रमणको प्रयास भएको थियो।

पाकिस्तानले जम्मु एयरपोर्टलाई लक्षित गर्दै आठवटा मिसाइल प्रक्षेपण गरेको थियो, तर ती सबै मिसाइलहरू भारतीय वायु प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको दाबी गरिएको छ।

यस्तै, जैसलमेर क्षेत्रमा पनि पाकिस्तानले ७० भन्दा बढी मिसाइल प्रहार गरेको बताइएको छ। भारतीय पक्षका अनुसार ती सबै मिसाइलहरू नष्ट गरिएको छ।

HARDIK AGRo NEw

आक्रमणको क्रममा पाकिस्तानका दुई लडाकु विमानहरू — F-16 र JF-17 — भारतीय हवाई सीमामा प्रवेश गरेपछि खसालिएको जानकारी पनि प्राप्त भएको छ।

पठानकोट क्षेत्रमा समेत ड्रोन र मिसाइल आक्रमणको प्रयास भएको थियो, जुन विफल बनाइएको जनाइएको छ।

हाल सीमामा थप आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ।

दुबै पक्षबाट घटनाबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक भइनसकेको अवस्था छ।

पाकिस्तानकाे आक्रमणपछिको सुरक्षा कारणले भारतका विभिन्न सहरहरूमा ब्ल्याकआउट गरिएको छ भने सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

युद्धको आशंका बढिरहेका बेला सर्वसाधारणलाई शान्त र सतर्क रहन आग्रह गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.