मिडियाकर्मीबिरुद्ध भ्रष्टाचार मुद्दा, झुट्टा विवरण बनाएर लिएका थिए भुक्तानी

dream cafe
learnar

काठमाडौं : बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकरकुमार सिंहमाथि भ्रष्टाचारको अभियोग लागेको छ।

ठेक्का आह्वानको सूचना प्रकाशनमै अनियमितता गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

Bohora madico
HARDIK AGRo NEw

लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि विपक्षी बनाइएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७९–०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको बोलपत्र आह्वान सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरुको मिलेमतोमा सूचना नै प्रकाशन नगरी झुट्टा विवरण तयार पारेर भुक्तानी दिएको भेटिएको हो।

अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध दायर गरेको मुद्दामा एक लाख ४२ हजार १६० रुपैयाँ बिगोसहित कैद र जरिवानाको मागदाबी गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.