श्रमिकलाई सम्मान गर्दै बीउ उत्पादन केन्द्रले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

dream cafe
learnar

डडेल्धुरा : तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्रले श्रमिकहरूको योगदानको कदर गर्दै १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।

बिहीबार आयोजित कार्यक्रममा केन्द्रमा २० वर्षभन्दा बढी समयसम्म सेवा गरेका चार जना श्रमिकलाई दोसल्ला ओढाइ र नगदसहित सम्मान गरिएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव शंकर शाहले श्रमिकहरूलाई सम्मान गरेका थिए।

बीउ उत्पादन केन्द्रका कार्यालय प्रमुख तारीसिंह ठकुराठीले श्रमिकहरूको योगदानले केन्द्रको उत्पादन र कार्यक्षमतामा निरन्तर सकारात्मक प्रभाव पारेको बताए।

मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.