दशैं तिहारले घरमा रमझम ल्याउछ

dream cafe
learnar

दशैं तिहारले घरमा रमझम ल्याउछ।
बा र आमाको अनुहारमा नमिठो महशुस हुन्छ।
आमाले सोच्छिन यो हावाले
मलाई छोए जसरी
मेरा सन्तानहरु लाइ पनि छोइदियोस
खै एक छोरा लाइ अष्ट्रेलियाको हावाले छुन्छ
एक छोरीलाई अमेरिकाको शित रुझाउन्छ।
बुढेसकालका बा जहिल्यै छोरा सम्झिनु हुन्छ
सायद बा लाइ बुढेसकाल भन्दा पनि
एक्लोपन ले सताउँदो हो।
घरलाइ धितो राखेर बिदेशीएका सन्तानहरु
आज भोली घरले पनि बा लाइ गिज्याउन्छ।
खै त छोराहरू१रु के छ तिम्रो मुल्यरु१
बुढा रोगी बा
दशैं ,तिहार लाइ दशा मान्छन।
आगन भरि एक हुल केटाकेटीहरु आउदा पनि
त्यहि जुना र सन्तोक याद आउन्छन बा लाइ
खै के फल्छ होला त्यों परदेशमा
याहाँ त आमाका आशुले ममताको सागर बगिरहेछ।

  • जनक राज जोशी
Ddl dental
Leave A Reply

Your email address will not be published.