कैलालीमा हतकडीसहित थुनुवा महिला फरार, प्रहरी हेरेको हेर्‍यै

dream cafe
learnar

धनगढी : जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन्।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मिना शाही दमाई आइतबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा म्याद थपका लागि ल्याइएकी थिइन्।

Amargadhi Education

सोही क्रममा उनी हतकडीसहित फरार भएकी हुन्।

अजयमेरु फाैजी केरा

इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले दमाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय ल्याएको थियो।

प्रहरीका अनुसार उनी दिउँसो सवा २ बजे फरार भएकी हुन्। तर फरार भएको करिब २० मिनेटपछि मात्र, दुई बजेर ४० मिनेटमा, सम्बन्धित प्रहरी टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो।

दमाईमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ।

अहिले उनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनाको छानबिन गर्दै दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.