लोकतन्त्र दिवसका अवसरमा डडेल्धुरामा ‘नागरिक संवाद’

dream cafe
learnar

डडेल्धुरा : ‘लोकतन्त्रको विकल्प लोकतन्त्र’ भन्ने मुल नाराका साथ डडेल्धुरामा १९औं लोकतन्त्र दिवसका अवसरमा बिहीबार नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले लोकतन्त्रले आम नागरिकमा आशा जगाएको बताउँदै नागरिकका हक–अधिकार सुनिश्चित गर्न तथा नागरिक सर्वोच्चता कायम राख्न लोकतन्त्रको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।

Bohora madico

कार्यक्रमका प्रमुख अतिथि, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपमहासचिव किरण थापाले लोकतन्त्रको समुन्नत विकासका लागि नागरिक स्वयं सचेत हुनुपर्ने बताए।

उनले राजनैतिक दललाई लोकतान्त्रिक मूल्य र अभ्यासको सही दिशातर्फ डो¥याउन नागरिक दबाब अपरिहार्य रहेको पनि उल्लेख गरे।

नेपाली कांग्रेसका प्रतिनिधि देवकी भट्टले परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्ने बताउँदै लोकतन्त्रको सदुपयोग गर्न सबै नागरिक जिम्मेवार हुनुपर्ने धारणा राखिन्।

नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले लोकतन्त्र माथिको प्रहारलाई गलत मानसिकताको उपज भन्दै सबै दलले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आवश्यक रहेको बताए।

HARDIK AGRo NEw

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) डडेल्धुराका सचिव भुवन पाठकले राजनीतिक स्थायित्वले मात्र लोकतन्त्र बलियो हुने बताए।

उनले नागरिक समाज र राजनीतिक दलहरू दुवैको भूमिकाले लोकतन्त्रलाई परिस्कृत गर्न सक्ने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ डडेल्धुरा, गैरसरकारी संस्था महासंघ डडेल्धुरा शाखा, र शिक्षा अधिकार अनुगमन समूह नेपालको संयुक्त आयोजनामा संवाद कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधि, विभिन्न नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटन भएको संसद पुनःस्थापना गरेपछि त्यसको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

दुई दशकको लोकतान्त्रिक यात्रामा राजनीतिक, सामाजिक, र आर्थिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आए पनि नागरिकमा अझै निराशा र असन्तुष्टि कायमै रहेको वक्ताहरूले जनाएका छन्।

दलहरू सत्ताका लागि होडबाजीमा केन्द्रित भएको आरोप लाग्दै आए पनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले यसको विकास र सुशासनमा ध्यान केन्द्रित गर्न नागरिकले आग्रह गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.