एमाले अछामको नवौं अधिवेशनको लोगो सार्वजनिक

dream cafe
learnar

अछाम : नेकपा एमाले अछामले वैशाख १३ देखि १५ गतेसम्म मंगलसेनमा हुने नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ।

बुधबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच एमाले केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटीले अधिवेशनको लोगो सार्वजनिक गरेका हुन्।

Amargadhi Education

लोगोमा अछाम दरबार, वैद्यनाथ धाम, पञ्चदेवल, रामारोशन लगायतका ठाउँहरुलाई समेटिएको छ। जिल्ला अधिवेशनमा चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

अजयमेरु फाैजी केरा

यसअघि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएको थियो।

यहाँ नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाइएपछि पहिलो पटक जिल्ला अधिवेशन हुन लागेको हो।

एमाले जिल्लाको नेतृत्वका लागि आठ जनाले दाबी गरेका छन्।

हालसम्म वर्तमान जिल्ला अध्यक्ष चन्द्र वोहरा, सचिव भीम रावल ‘कालोटोपी’, शिवप्रसाद उपाध्याय, वमबहादुर विसी, हिरण्ड भट्टराई, डिवि साउद, पूर्व पार्टी सचिव डिवि साउद, तिलक कुँवरको नाम बढी चर्चामा रहेको छ।

सहमतिको सम्भावना न्यून रहेका कारण यहाँ चुनाव हुने नेताहरुको दाबी छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.