आन्दोलित शिक्षकलाई ‘नो वर्क, नो पे’

dream cafe
learnar

काठमाडौ : देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएपछि स्याङ्जाको एक स्थानीय तहले पढाउन छाडेर सडकमा ओर्लिएका गुरुहरुलाई तलब नदिने निर्णय गरेको छ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले नपढाएको दिनको तलब नदिइने जानकारी गराए।

Bohora madico
HARDIK AGRo NEw

गाउँपालिकाको तर्फबाट आज पालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई पत्र लेखेर यस्तो जानकारी दिइएको छ।

‘विद्यालय खोली पठनपाठन गर्ने सम्बन्धमा’ गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल भरका शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ। हरिनास गाउँपालिकाभरिका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ।’

गाउँपालिकाको यो पत्र केहीअघि सामाजिक सञ्जालमा पोष्ट गर्दै एकजना पूर्व प्रहरी निरीक्षक लेख्छन्, ‘नो वर्क, नो पे स्याङ्जाबाटै सुरु हुन लागेको हो त ?’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.