अब डाक्टर पनि आन्दोलित, भोलि जिल्ला प्रशासन घेर्ने

dream cafe
learnar

काठमाडौं : नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ।

चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको बैठकले यस्तो निर्देशन दिएको हो।

Bohora madico
HARDIK AGRo NEw

निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरलाई आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गरिएको बुधबार पत्रकार सम्मेलनमा कार्यकारी सदस्य तेत्छु मल्लले बताए।

देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्न आह्वान गरिएको छ।

साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराएपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.