भाषा हराउँदै गएकोमा देउवा चिन्तित,भाइरल हुने प्रवृत्तिबाट आरजु आजित

dream cafe
learnar

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली समाजबाट आफ्नै भाषा हराउँदै गएकोमा चिन्तित छन्।

देउडा समाजले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधुनिकताको नाममा समाज अंग्रेजीमय बनिरहेको र मौलिक भाषा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

Bohora madico

भाषा संरक्षणका लागि गम्भीर बन्नुपर्ने बेला आएको उहाँको ठहर छ।

‘भाषा हराउँदै गयो भने के हुन्छ ? अचेल सबका छोराछोरी अंग्रेजी बोल्छन्’, अगाडि भने, ‘भाषा ठूलो कुरा हो, तर यो हराउँदै गइरहेको छ। भाषा हराउँदा समाज नै बिखण्डित हुन पुग्छ, यसमा हामी सबै गम्भीर बन्नुपर्छ ।’

HARDIK AGRo NEw

पूर्व प्रधानमन्त्री देउवाले मुलुकका विकसित देशहरुमा त्यहाँको मौलिक भाषा जोगाउन विभिन्न समुदायले चलाइरहेको अभियानबाट नेपालीले धेरै पाठ सिक्नुपर्ने बताए।

ता परराष्ट्रमन्त्री तथा सभापति देउवापत्नी डा. आरजू राणा देउवा भने पार्टीभित्र भाइरल हुने प्रवृत्ति बढेकोमा चिन्तित हुन्छन्।

इलाम जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले मिडियामा चर्चामा आउन कतिपय नेताहरुले पार्टी निर्णयविरुद्ध जथाभावी बोल्दै हिँडेकोमा दुःख व्यक्त गरे।

‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेताहरु पार्टीकै विरूद्धमा बोल्ने गरेको देखिन्छ’, अगाडि भने, ‘यसले कुनै व्यक्ति क्षणिक रुपमा मिडियामा भाइरल त होला, तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो।’

मन्त्री राणाले २०८४ को निर्वाचनमा कांग्रेसलाई थप बलियो बनाउन पार्टीभित्रको आन्तरिक द्वन्द्व अन्त्य गर्नुपर्नेमा जोड दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.