बोहरा मेडिको सेन्टर

बाजुरामा पुल निर्माणमा रकम कुम्ल्याउने २ हाकिमसहित ८ जनाविरुद्ध मुद्दा

dream cafe
learnar

डडेल्धुरा :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाको किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अनुसन्धानका क्रममा कामभन्दा बढी बिल बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानी पुर्‍याएको पाइएको आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

health office dashin
CNA

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र साउँद, इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्र बहादुर विक, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउद, उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोप पत्र दायर गरिएको हो।

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत थापामगरसंग २ लाख ६ हजार ९३५ रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाय माग गरिएको छ।

यस्तै, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत साउँदसंग २ लाख २४ हजार ५५० रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाग माग गरिएको छ।

इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्रबहादुर विक, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउदसंग ४ लाख ३१ हजार ४८५ रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेत सजाय माग गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढालाई ४ लाख ३१ हजार ४८५ रुपैयाँ बिगो जफत र सजायको माग दाबी अख्तियारले गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.