डडेल्धुराका विजयले जिते वर्ल्ड लिंकबाट आइफोन

dream cafe
learnar

डडेल्धुरा : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो सेवा उपयोग गर्ने ग्राहक संख्या १० लाख पुगेको उपलक्ष्यमा अमरगढी नगरपालिका–१ मालम निवासी विजय सिंह बिष्टलाई आइफोन १६ प्रदान गरेको छ।

मार्च २ देखि मार्च ११ सम्मको अवधिमा वर्ल्ड लिंक सेवा नवीकरण गर्ने ग्राहकहरूबीच दैनिक रूपमा विजेता छानिएको थियो।

Amargadhi Education

त्यसैक्रममा, मार्च ५ मा सेवा नवीकरण गरेका बिष्ट भाग्यशाली विजेता बनेका हुन्।

अजयमेरु फाैजी केरा

वर्ल्ड लिंक डडेल्धुराका युनिट इन्चार्ज नरेन्द्र बिष्टका अनुसार, उक्त अफरअन्तर्गत प्रत्येक दिन एकजना विजेता छानिँदै आएको र पुरस्कार स्वरूप आइफोन १६ प्रदान गरिएको हो।

“१० लाख ग्राहक पुग्नु हाम्रो लागि ठूलो उपलब्धि हो, हामी सबै ग्राहकप्रति आभार प्रकट गर्न चाहन्छौं,” उनले भने।

विजेता विजय सिंह बिष्टले आफू वर्ल्ड लिंक सेवा प्रयोग गर्दै आएको धेरै वर्ष भयो भन्दै कम्पनीको यो उपहारले झनै उत्साहित बनाएको बताए।

वर्ल्ड लिंकले आगामी दिनमा समेत यस्तै आकर्षक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.