
डडेल्धुरा : धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबीच काठमाडौंमा अर्थपूर्ण भेटवार्ता भएको छ।

उनीहरूबीच बिहीबार राजधानी काठमाडौंमा भेटवार्ता भएको हो। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत दुबैको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “केही भनिनँ, तपाईंहरू नै भन्नुहोस्।”

साम्पाङ र घिसिङ दुबै जनतालाई विश्वास दिलाएका, परिवर्तनकारी छविका लोकप्रिय व्यक्तित्व हुन्।
उनीहरूबीचको भेटलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘जनताको पक्षमा काम गर्ने शक्ति केन्द्रहरूको सहकार्यको संकेत’का रूपमा हेरेका छन्।




