भीम रावलको ‘मातृभूमि जागरण’ लय गुमाउँदै, नयाँ दलको सपना अलमलमा

dream cafe
learnar

डडेल्धुरा : कहिल्यै नझुक्ने नेता भनेर चिनिने भीम रावलले ठूलै हुंकारसाथ सुरु गरेको ‘मातृभूमि जागरण अभियान’  चुपचाप ओझेलमा परेको छ।

एमालेबाट निष्कासित भएपछि नयाँ राजनीतिक विकल्प निर्माण गर्ने सपना बोकेर गृहजिल्ला अछाम पुगेका रावललाई त्यही घरले पनि साथ दिएन।

Ird

सुदूरपश्चिमबाट शुरू भएको यो अभियान केही नगरस्तरीय समर्थनमा सीमित रह्यो।

साँफेबगर नगर कमिटीबाहेक अन्य ठाउँबाट खासै साथ नपाएपछि उनी राजधानी फर्किए—शान्त र स्थिर, तर केही निराश।

तर, रावल आफ्नो अभियान बारे भन्छन्, “केही सुस्ताएको हो, सेलाएको होइन। अहिलेको समयलाई बुझेर केही समयका लागि रोकिएको हो।”

रावलले राजा समर्थकदेखि गणतन्त्रवादी, शिक्षकदेखि सहकारी पीडितसम्मलाई एउटै गोलमा ल्याउने प्रयास गरे। तर, त्यो प्रयास न विचारमा स्पष्टता देखियो, न व्यवहारमा स्थिरता।

उनको अभियान न राज्यविरोधी देखियो, न सत्ताविरोधी, बरु दिशाविहीनजस्तै लाग्न थाल्यो।

HARDIK AGRo NEw

उनको नजिकको वृत्तको भनाइ अनुसार, तत्काल नयाँ दल घोषणा हुने अवस्था छैन।

पहिले अभियानलाई राष्ट्रिय स्वरूप दिनु छ, प्रवाससम्म विस्तार गर्नु छ, अनि मात्र अन्तिम निर्णय लिनु पर्ने धारणा रहेको उनीहरूले बताएका छन्।

“चुप लागेर बसेका छैनौं,” रावल भन्छन्, “भेटघाट, छलफल र तयारीमै छौं।”

तर, राजनीति भनेको भावनाको खेल होइन, संगठनको गणित हो। रावलको गढ मानिएको सुदूरपश्चिममै उनको पक्षमा उभिने नेताहरू औंलामा गन्न मिल्ने छन्।

बीपी कांग्रेसका बरिस्ठ उपसभापति कर्ण मल्ल निवासमै छलफल गर्न पुगे पनि पछिल्लो समय राजसंस्थाको पक्षमा उभिए।

कोशी प्रदेशमा रावलकै स्वागत राजावादी नेताहरूले गर्दा उनको वैचारिक स्थिति नै प्रश्नचिह्नमा परेको छ।

रावलको आलोचकहरूले भन्छन्—”संगठनमा अनुशासन तोडेपछि कारबाही भयो, अब त्यो कारबाहीले अपेक्षित जनलहर ल्याउँछ भन्ने सोचना भ्रम थियो।”

१० पुसमा एमाले सचिवालयले उनलाई निष्कासित गर्ने निर्णय गर्‍यो। साथै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गर्‍यो।

त्यसको विरोध स्वरूप रावलले पत्रकार सम्मेलनमै ओली नेतृत्वको पोल खोल्दै ‘नयाँ दल निर्माण’ को संकेत दिएका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.