बोहरा मेडिको सेन्टर

हावाहुरीले उडायो शैलेश्वरी माविको दुई कोठाको छाना

dream cafe
learnar

परशुराम : गएराति आएको भीषण हावाहुरीले परशुराम नगरपालिकास्थित एक माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ।

नगरपालिकाको वडा नं. १२ मा अवस्थित श्री शैलेश्वरी माध्यमिक विद्यालय, तुलाभाडीको दुई कोठे भवनको छाना उडाएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

CNA
GBL NEW

विद्यालयका प्रधानाध्यापक तेजबहादुर बिष्टका अनुसार करिब राति ८ बजे आएको हावाहुरीले कक्षा ५ र ६ सञ्चालन हुँदै आएको कोठाको छाना पूर्णरूपमा उडाएको छ।

छाना मात्र होइन, हावाहुरीले विद्यालयको विद्युतीय वायरिङ्ग प्रणाली लगायत अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको विद्यालय परिवारले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.