अत्तरियाको दुर्गा मन्दिरमा एक पुरुषको हत्या

dream cafe
learnar

धनगढी : कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरमा एक पुरुषको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको मन्दिर परिसरमा बुधवार बिहान शव भेटिएको हो।

Bohora madico

अन्दाजी ३५–४० वर्षको देखिने ती पुरुषको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

टाउकोको बायाँ भाग फुटेको, आँखा नदेखिने र अनुहार चिन्न नसकिने अवस्थामा रहेको बताइएको छ।

शव नजिकै रगत लागेको ढुंगा फेला परेको छ।

HARDIK AGRo NEw

डीएसपी गंगा बहादुर थापाले घटना मन्दिरभित्रै भएको र शव मन्दिरबाट करिब २० मिटर तल घिसारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए।

मृतकको साथमा कुनै परिचय खुल्ने सामान नभेटिएको प्रहरीले जनाएको छ।

मन्दिरका पुजारी टिका दत्त पनेरुका अनुसार उनी साँझ साढे ७ बजे मन्दिर बन्द गरेर गएका थिए।

बिहान पतञ्जलि योग समितिका सदस्यले शव देखेपछि मात्रै घटना थाहा भएको बताए।

स्थानीयले प्रहरी कार्यालय अगाडिको मन्दिरमा यति ठूलो घटना हुँदा समेत प्रहरी अनविज्ञ रहनु लापरवाही भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.