त्रिबेणी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

dream cafe
learnar

डडेल्धुरा : त्रिबेणी बहुमुखी क्याम्पस, जोगबुडामा आज स्ववियु निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ।

निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

बोहरा मेडिको सेन्टर

निवर्तमान सभापति गौरा बोहराले पहिलो मत हाल्दै मतदान प्रक्रियाको उद्घाटन गरेकी हुन्।

GBL NEW

निर्वाचन बेलुका ४ बजेसम्म चल्नेछ भने कुल ३११ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ।

निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का तर्फबाट प्रकाश अवस्थि सभापतिका उम्मेदवार रहेका छन् भने अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझा प्यानलबाट भोज लुहार उम्मेदवार बनेका छन्।

निर्वाचन समितिका अनुसार शान्तिपूर्ण र निष्पक्ष वातावरणमा मतदान भइरहेको छ।

मतगणना आजै बेलुका सुरु हुने छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.