सशस्त्र प्रहरी बल नेपाल नं ५२ गुल्म डडेल्धुरा सुदूरपश्चिममा उत्कृष्ट

dream cafe
learnar

डडेल्धुरा : सशस्त्र प्रहरी बल नेपाल नं ५२ गुल्म डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट गुल्मको रूपमा छनोट भएको छ।

सशस्त्र प्रहरी बल हेडक्वाटरद्वारा गरिएको अनुगमन निरीक्षणमा उक्त गुल्म प्रदेशभरकै उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) साजेन्द्र श्रेष्ठले जानकारी दिए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सप्रनाउ श्रेष्ठका अनुसार नं ५२ गुल्म डडेल्धुरा सुदूरपश्चिमकै पहिलो र देशभर सातौं स्थानमा पर्न सफल भएको छ।

सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्दै आएको यस गुल्मलाई सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीको २४ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो।

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आपत्कालीन उद्धार, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यस सम्मानले डडेल्धुरा गुल्मका सुरक्षाकर्मीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.