रवि लामिछाने पक्राउ, रुपन्देही लगिदै

dream cafe
learnar

काठमाडौँ : सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।

उनलाई शुक्रबार साँझ ९ बजे काठमाडौँस्थित निवासबाट पक्राउ गरिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको थियो।

आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

लामिछानेलाई हाल रुपन्देही लैजाने तयारी भइरहेको छ। यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि अनुसन्धान अघि बढाइँदै छ।

प्रहरी स्रोतका अनुसार, अनुसन्धानको क्रममा थप विवरण सार्वजनिक गरिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.