तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद शर्मा

dream cafe
learnar

काठमाडौं: नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले तीनकुने घटनालाई लिएर सरकारमाथि गम्भीर आरोप लगाएका छन्।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सरकारको हस्तक्षेपले आन्दोलन बिथोलिएको दाबी गरे।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनका अनुसार कार्यक्रम सुरु हुनुअघि नै सरकारद्वारा अश्रुग्याँस र हवाई फायर गरिनु लोकतान्त्रिक मूल्यविपरीत छ।

“लोकतन्त्र भनेको फरक-फरक विचार फूल्न दिने बगैंचा हो। सरकारको दमन स्विकार्य छैन,” शर्माले भने।

उनले सरकारको दमनकारी नीति बन्द गर्न माग गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरे।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूमाथि गरिएको पक्राउलाई गलत ठहर गर्दै उनले सरकारको शक्ति दुरुपयोगबारे स्पष्टिकरण दिनुपर्ने बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.