गृह मन्त्रालयद्वारा १० उपसचिवको सरुवा, नरेन्द्रलाई अछाम पठाइयो

dream cafe
learnar

डडेल्धुरा : गृह मन्त्रालयले १० उपसचिवको सरुवा गरेको छ।

हालै बढुवा भएका ८ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरी अन्य दुई सहायक प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

धनुषामा दुईजना उपसचिव खटाइएको छ।

शान्ति महत र भोलानाथ गुरागाईंलाई धनुषामा पदस्थापन गरिएको छ।

सरोज कोइरालालाई मोरङ, नरेन्द्र परियारलाई अछाम, किरणनिधि तिवारीलाई रौतहट, झविलाल भट्टराईलाई अर्घाखाँची, उमेशकुमार दाहाललाई इलाम, कुलशेखर अर्याललाई कास्कीको सहायक प्रजिअमा खटाइएको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गंगाकुमार क्षेत्री र सप्तरीका जितेन्द्रकुमार यादवको गृह मन्त्रालयमा सरुवा भएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.