डडेल्धुरामा राप्रपाको विरोध प्रदर्शन, पक्राउ परेका नेताहरूको रिहाइको माग

dream cafe
learnar

डडेल्धुरा : आफ्ना नेताहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार डडेल्धुरामा विरोध प्रदर्शन गरेको छ।

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको आन्दोलनमा सहभागिता जनाएको भन्दै प्रहरीले पक्राउ गरेका नेताहरूको बिना सर्त रिहाइको माग गर्दै राप्रपा डडेल्धुराले जिल्ला सदरमुकाममा विरोध र्‍याली निकालेको हो।

Amargadhi Education

राप्रपाको जिल्ला कार्यालयबाट निस्किएको विरोध र्‍यालीले बागबजार क्षेत्रको परिक्रमा गर्दै भीमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

अजयमेरु फाैजी केरा

कोण सभालाई सम्बोधन गर्दै वक्ताहरूले सरकारको दमनकारी नीतिको विरोध गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरूलाई तुरुन्त रिहा नगरे ठूलो आन्दोलन चर्काउने चेतावनी दिएका थिए।

वक्ताहरूले गणतन्त्रवादी नेताहरूको क्रियाकलापकै कारण जनता स्वतःस्फूर्त रूपमा व्यवस्था परिवर्तनका लागि सडक संघर्षमा उत्रिएको दाबी गरे।

उनीहरूले पक्राउ परेका नेताहरूको यथाशीघ्र रिहाइको माग गर्दै यदि माग पूरा नभए व्यापक संघर्षको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिए।

साथै, आन्दोलन र व्यवस्था परिवर्तनका लागि घोषित जनआन्दोलनमा सहभागी हुन आम जनसमुदायलाई आग्रह पनि गरे।

कोण सभामा राप्रपाका केन्द्रीय सदस्य गोविन्द खडायत, रामचन्द्र चटौत, जिल्ला अध्यक्ष राजेन्द्र भण्डारी, युवा नेता निरज जोशी लगायतले सम्बोधन गरेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.