
काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द राखिएको छ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको प्रहरीले सुवेदीलाई घरमै नजरबन्द राखेको हो।

राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरुमाथि अभियोग लागेको छ।
शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापक तोडफोडको घटना भएको थियो।




