बोहरा मेडिको सेन्टर

प्रदर्शनकारीलाई उक्साउने दुर्गा फरार, राणा र मिश्र पक्राउ

dream cafe
learnar

काठमाडौं : शुक्रबार काठमाडौंमा भएको राजावादीको आन्दोलनमा प्रदर्शनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्।

उनीहरूलाई घरबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए।

CNA
GBL NEW

त्यस्तै, आन्दोलनको कमान्डर घोषणा गरिएका व्यवसायी दुर्गा प्रसाईं फरार छन्। तर, राति अबेरसम्म उनले सामाजिक सञ्जालमा भने अपडेट गरिरहेका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी वृद्ध भएका कारण घरमै नजरबन्दमा राखिएको छ।

समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पुतलीसडकबाट पक्राउ गरिएको छ।

तोडफोड र आगजनीमा संलग्न प्रदर्शनकारी र नेतासहित शुक्रबार रातिसम्म ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.