एसईई दिएका विद्यार्थीले २० रूपैयाँमै सिम पाउने

dream cafe
learnar

काठमाडौं : नेपाल टेलिकमले यो वर्ष (२०८१) सालको एसईईमा सहभागी परीक्षार्थीका लागि एसईई अफर २०८१ सार्वजनिक गरेको छ।

यस अन्तर्गत कम्पनीले एसईई दिएका परीक्षार्थीलाई २० रूपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ। र, त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ।

Bohora madico
HARDIK AGRo NEw

एसईई अफर तथा बोनस अन रिचार्ज यही चैत १५ देखि आउँदो असार ३० गतेसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकालले बताए।

उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ। सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन्।

पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफर उपभोग गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.