कुलमानको बर्खास्तीमा गगन असन्तुष्ट, भने -निर्णय गलत छ सरकार !

dream cafe
learnar

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत भएको बताएका छन्।

HARDIK AGRo NEw

सामाजिक सञ्जाल एक्समार्फत थापाले आम नागरिकमा देखिएको असन्तुष्टिमा सरकारले मट्टितेल थप्ने काम गरेको बताएका हुन।

Ird

उनले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्न नसकेको समेत उल्लेख गरेका छन्।

थापाले लेखेका छन्, ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो। तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.