डोटीका तीन अशक्तले घरमै पाए नागरिकता

dream cafe
learnar

डोटी : डोटीका शारीरिक एवं मानसिक अशक्तता भएका तीन जनाले घरमै नागरिकता प्राप्त गरेका छन्।

जिल्लाको सायल गाउँपालिका–१ का तीन जनालाई जिल्ला प्रशासन कार्यालय डोटीले घरमै नेपाली नागरिकताको प्रमाण पत्र उपलव्ध गराएको हो।

बोहरा मेडिको सेन्टर

नागरिकता पाउनेहरुमा स्थानीय ६८ वर्षीय जयबहादुर रोकाया, ६३ वर्षीय पदम बहादुर रोकाया र २१ वर्षीय प्रेम बहादुर देउवा रहेका छन्।

उनीहरुले अशक्तताका कारण नागरिकता प्राप्त गर्न सकेका थिएनन्।

GBL NEW

शारीरिक र मानसिक रूपमा अशक्त भएका कारण कार्यालयमा आई नागरिकता प्राप्त गर्न नसक्ने अवस्था भएका कारण आईतवार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी नेतृत्वको टोलीले उनीहरुलाई घरमै गएर नागरिकता प्रदान गरेको सायल गाउँपालिका–१ का वडाध्यक्ष लालवहादुर रोकायाले जानकारी दिए।

उनले भने, ‘उनीहरुलाई नागरिकता प्रदान गर्न वडाबाट आवश्यक कागजात तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रमुख जिल्ला अधिकारी ज्यूले घरमै आएर नागरिकता प्रदान गर्नु भएको हो।’

उनले दुर्गम वडाबाट उनीहरुलाई सदरमुकाम लैजान कठिन भएका कारण प्रमुख जिल्ला अधिकारीको टोली घरमै पुगेको बताए।

अपाङ्गता भएका कारण नागरिकता पाउन नसक्ने अवस्था भएको जानकारी पाएपछि सम्पूर्ण कागजात मिलाएर घरमै नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

सदरमुकाम पुगेर नागरिकता लिन सक्ने अवस्था नभएका कारण घरमै पुगेर नागरिकता उपलब्ध गराउनु परेको उनको भनाई छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.