बोहरा मेडिको सेन्टर

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

dream cafe
learnar

डडेल्धुरा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर अध्यक्षमा निर्वाचित भएका छन्।

ऐरले १८४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी संयुक्त प्यानलका मदनबहादुर बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले ५२ मत पाए।

CNA
GBL NEW

यहाँ ऐरको नेतृत्वमा लडेको सिंगो प्यानलनै विजयी भएको हो।

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको थियोे।

नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को समर्थन रहेको थियो।

मदन यसअघि पनि स्ववियु अध्यक्षमा पराजित उम्मेदवार हुन्।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.