बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित

dream cafe
learnar

धनगढी: बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ।

स्ववियु निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए।

बोहरा मेडिको सेन्टर

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।

GBL NEW

खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ।

क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गते बसेको बैठकमा स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ।

सोही निर्णयको आधारमा स्ववियु निर्वाचन सम्बन्धी क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बताए।

बझाङमा त्रिवेणी क्याम्पस, सुनकुडा, झोता, सेती, शान्ति र थलारा गरी ६ वटा क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.