सुदूरपश्चिम पुगेर पूर्व राजालाई प्रधानमन्त्री ओलीको प्रश्न- केमा साथ माग्नुभएको हो ?

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास भैरहेको भन्दै आपत्ति जनाएका छन्।

सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाएका हुन्।

Bohora madico

प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ६ गते पूर्व राजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको प्रधानमन्त्रीले बताए।

‘फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त। कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न’, उनले भने, ‘लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ ?’

HARDIK AGRo NEw

बरु पूर्व राजाको क्रियाकलापले देश अफ्ठ्यारोमा पर्न लागेको प्रधानमन्त्री ओलीको चिन्ता छ।

‘उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ’, उनले भने।

प्रधानमन्त्री ओलीले चुनावमा साथ मागेको कि के हो भनी प्रश्न पनि गरे।

‘म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्व राजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?’ प्रधानमन्त्रीको प्रश्न छ।

राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको प्रधानमन्त्रीले पुन: दोहोर्याउनुभयो। तर, शाहले के मागेको आफूले नबुझेको उनको भना छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.