च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै

dream cafe
learnar

काठमाडौं : आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन्।

GBL NEW

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर २६७ रन बनाउँदै पूरा गरेको थियो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल बनाएको थियो।

जवाफी ब्याटिङ गरेको साउथ अफ्रिका पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रनमा समेटिएको थियो। न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो।

भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २:४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ। उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.