एकल महिलालाई सम्मान गरेर नवदुर्गाले मनायो महिला दिवस

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाँउपालिका डडेल्धुराले पालिका भित्र रहेका ४० वर्ष मुनिका एकल महिलालाई सम्मान गरेको छ।

पालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ५८ जना एकल महिलालाई दोसल्ला ओडाएर एक-एक हजार नगदसहित सम्मान गरेको हो।

Bohora madico

पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले एकल महिला तथा जेष्ठ नागरिकको सधैं साथमा रहेको बताउँदै जुनसुकै समयमा सहयोगका लागि आफू तयार रहेको बताए।

HARDIK AGRo NEw

एकल महिलालाई सम्मान गर्न पाउँदा पालिका उपाध्यक्ष निर्मला बिष्टले खुसी व्यक्त गरिन्।

उनले एकल महिलाका लागि पालिकाले आगामी दिनमा सीप विकासका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन्।

पालिकाले सम्मान गर्दा एकल महिलाले खुसी व्यक्त गरे।

महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएकामा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


यस वर्ष दिवसको नारा ‘सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’रहेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.